Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

अब मेनपावरमार्फत नै कोरिया जान सकिने व्यवस्था

  •   १ वर्ष अघि | ८ भदौ २०८२, आइतवार

भाद्र ८, २०८२

काठमाडौ 

-अर्जुनअधिकारी 

 नेपाली कामदारहरू कोरियामा E-7 भिसा अन्तर्गत जान मेनपावर एजेन्सीमार्फत समेत सम्भव हुने भएको छ। सरकारले हालैको निर्णयमार्फत निजी भर्ती एजेन्सीहरूलाई पनि दक्ष कामदार पठाउन अनुमति दिने प्रक्रिया अघि बढाएको हो।

यसअघि कोरियामा श्रमिक पठाउने प्रमुख बाटो सरकारी स्तर (G2G) अन्तर्गतको EPS प्रणालीमार्फत मात्र थियो। तर अबदेखि निजी क्षेत्रमार्फत पनि दक्ष जनशक्ति पठाउने बाटो खुलेको छ। यस भिसा श्रेणी अन्तर्गत सीपयुक्त र अनुभवसहितका कामदारलाई प्राथमिकता दिइने बताइएको छ।

कोरियामा E-7 भिसा अन्तर्गत जान चाहने व्यक्तिले कोरियन भाषा (TOPIK परीक्षा) पास गर्नुपर्ने र आवश्यक सीप प्रमाणित गर्नुपर्ने हुन्छ। यसरी पठाइने कामदारलाई आकर्षक तलब पाउने सम्भावना रहेको बताइए पनि, पाँच लाख रुपैयाँसम्म तलब पाइने भनिएको समाचार भने अहिले सम्म आधिकारिक रूपमा पुष्टि भएको छैन।

श्रम तथा रोजगार विशेषज्ञहरूले यस प्रणालीले EPS प्रणालीलाई नै प्रभावित गर्न सक्ने बताएका छन्। साथै, निजी एजेन्सीमार्फत जाने प्रक्रियामा ठगी, बढी शुल्क र शोषण हुने जोखिम रहन सक्ने भएकाले कामदारलाई सचेत रहन सुझाव दिइएको छ।

सरकारले भने, यो व्यवस्था लागू भएमा दक्ष कामदारलाई थप अवसर मिल्ने र नेपालको श्रम बजार विविधीकरणमा टेवा पुग्ने विश्वास लिएको छ। तर, व्यावहारिक कार्यान्वयन भने अझै सुरु भएको छैन।


  • Jigyasanepal

थप