Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदरभन्दा दक्षिणमा तथा पूर्वतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र मधेशसहित अन्य पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ ।

आज राति पनि देशभर साधारणतया बदली रहने अनुमान छ । यस अवधिमा समेत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा, साथै केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

महाशाखाले वर्षासँगै पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) र बाढीको जोखिम उच्च हुने चेतावनी दिंदै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा प्रतिकूल असर पर्न सक्ने सम्भावनाबारे जानकारी दिएको छ ।

साथै, सम्भावित जोखिमलाई ध्यानमा राखी सबैलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले आग्रह गरेको छ ।

  • Jigyasanepal

थप