Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

प्राधिकरणको प्रमुख अधिकारीको भन्छन् : हाम्रो कर्मचारी भन्दा ठेकेदार पक्षको लापरबाही देखियो

धुलिखेल घटना

  •   १२ महिना अघि | ४ जेष्ठ २०८२, आइतवार

काम गर्ने क्रममा करेन्ट लागेर मृतक नेपाली परिवार र प्राधिकरणबीच १० लाख क्षतिपूर्ति दिने सहमति

काभ्रे, जेठ ४ ।

काभ्रेको धुलिखेल नगरपालिका–७ स्थित संजीवनी चोकमा शनिबार बिहान करेन्ट लागेर सर्लाहीको ईश्वरपुर नगरपालिका-१२का २८ वर्षीय युवक उपेश नेपाली (परियार) को ज्यान गएको घटनाले स्थानीयदेखि संसदसम्मको ध्यान तानेको छ। गम्भीर लापरबाहीका कारण भएको दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइसकेको छ। 

मृतक उपेश नेपाली ११ हजार भोल्ट क्षमताको हाइटेन्सन लाइनको पोलमा काम गरिरहेकै बेला करेन्ट लागेर पोलमै जलेर मृत्यु भएका थिए। घटनालगत्तै प्रहरी टोलीले उनलाई उद्धार गरी धुलिखेल अस्पतालमा पोस्टमार्टमका लागि पठाएको थियो।

सांसदको संसदमा आवाज: दोषीमाथि अनुसन्धान होस्

काभ्रे क्षेत्र नं. १ का सांसद सूर्यमान दोङले आइतबार प्रतिनिधि सभामा आवाज उठाउँदै घटनामा देखिएको लापरबाहीप्रति आक्रोश जनाएका थिए। उनले विद्युत प्राधिकरण वा ठेकेदार जो कोहिको लापरबाही होस्, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका थिए ।


मृतकको परिवारलाई १० लाख राहत दिने सहमति

घटनापछि आइतबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा नेपाल विद्युत प्राधिकरण, ठेकेदार पक्ष र मृतकका परिवारबीच लिखित सहमति भएको छ। सहमतिअनुसार १० लाख रुपैयाँ राहत मृतकका छोरा, छोरी र पत्नीको संयुक्त नाममा बैंक खाता खोलेर सात दिनभित्र ठेकेदार कम्पनी ‘सुदिपा निर्माण सेवा’ का प्रोप्राइटर दीपक प्रसाद धितालले १० लाख रुपैयाँ उपलब्ध गराउने।,रोजगारीको व्यवस्था,मृतक पत्नी रस्मिला परियारलाई योग्यता अनुसार सेवा करारमा रोजगारी दिने व्यवस्था गर्न प्राधिकरण सहमत,बीमा क्षतिपूर्ति: प्राधिकरणले आन्तरिक विद्युत दुर्घटना क्षतिपूर्ति विनियमावली अनुसार न्यूनतम ५ लाखदेखि अधिकतम १० लाख रुपैयाँसम्मको क्षतिपूर्ति दिने,

को दोषी? ठेकेदार पक्षको लापरबाही: प्राधिकरण प्रमुख

नेपाल विद्युत प्राधिकरण धुलिखेल वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीले घटनाको  मुख्य कारण ठेकेदार कम्पनीको लापरबाहीका कारण भएको बताएका छन्। उनका अनुसार, पुरानो पोलसम्म लाइन तानेर जम्पर नलगाइ खुलै छाडिएको थियो, जसका कारण लिकेज भएको करेन्ट पोलमा चढ्नेबित्तिकै मृतकलाई समातेको थियो।

“हामी लाइन सेटडाउन गर्ने तयारीमै थियौँ, हाम्रो प्राविधिक पठाउनेबित्तिकै घटना भयो,” अधिकारीले भने, “तर ठेकेदारले सुरक्षा सावधानी नअपनाई काम गराएका कारण यस्तो दुखद् घटना भयो।”

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक दिनेश कुँवरको कमाण्डमा फरेन्सिक टोली (SOCO) खटिएको थियो। प्रारम्भिक अनुसन्धानले पनि लापरबाहीका कारण करेन्ट लिकेज भएको पुष्टि गरेको प्रहरीले जनाएको छ।

विद्युत पोलमा सामान्य सुरक्षा व्यवस्था विना मानिस चढाइने परिपाटीले फेरि एक युवकले ज्यान गुमाउनु परेको बताइएको छ । मृत्युपछि मात्र सम्झिने राहतको भाषाभन्दा, प्राधिकरण र निर्माण कम्पनीहरू अब सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न बाध्य हुने वातावरण बनाउन जरुरी भएको सहमति गराउन सहभागी धुलिखेल ८ का वडा अध्यक्ष विनोद गौतम बताउँछन् । काभ्रेमा यस अघि पनि बेथानचोक, कुशादेवी लगायत ठाउँमा करेन्ट प्रवाहका कारण मानिसको ज्यान गएको थियो ।

  • Jigyasanepal

थप