Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

स्रोत नखुलेको २५ लाख रुपैयाँ नगदसहित दुई जना युवक नियन्त्रणमा

  •   १२ महिना अघि | ६ जेष्ठ २०८२, मङ्लबार

काभ्रे, । काभ्रेको साँगा चोकमा चेकजाँचका क्रममा स्रोत नखुलेको २५ लाख रुपैयाँ नगदसहित दुई जना युवक नियन्त्रणमा परेका छन्।

प्रहरी निरीक्षक भगवान अधिकारीको कमाण्डमा ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले २०८२ जेठ ६ गते अपराह्न ४:३० बजे साँगा चोकमा नियमित चेकजाँचको क्रममा पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बस रोकेर जाँच गरेको थियो। जाँचको क्रममा जिल्ला सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–१ का २१ वर्षीय राजन धमालाले बोकेको रातो जेब्रा झोलाबाट स्रोत खुल्न नसकेको रू. २५,००,००० (पच्चिस लाख रुपैयाँ) नगद फेला परेको प्रहरीले जनाएको छ। नगद बोकेका धमालासँगै यात्रामा रहेका उनका साथी जिल्ला सप्तरी, छिन्नमस्ता गाउँपालिका–६ निवासी ३८ वर्षीय संजय कुमार साहालाई समेत प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। दुवै जनालाई तत्कालै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याइएको र नगदको श्रोत खुलाउने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।घटना बारे प्रहरी भन्छ पच्चिस लाख रुपैयाँ नगद लिएर सार्वजनिक सवारीमा यात्रा गर्नु र स्रोत खुलाउन नसक्नु प्रहरीका लागि शंका पैदा गर्ने खालको घटना बनेको छ। प्रारम्भिक सोधपुछमा रकमको सम्बन्धमा स्पष्ट जानकारी दिन नसकेको प्रहरीले जनाएको छ। यस्तो अवस्थामा विद्यमान कानुनी प्रावधानअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन अन्तर्गत अनुसन्धान अगाडि बढाइने संकेत प्रहरी स्रोतले दिएको छ।

  • Jigyasanepal

थप