Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बनेपाको ज्वेलर्समा छापा: सुन, चाँदी, लाखौं नगद र ६ जना पक्राउ

  •   १ वर्ष अघि | ७ जेष्ठ २०८२, बुधबार

काभ्रे, जेठ ७ गते । बनेपाको एक सुन चाँदी पसलमा छापा मार्दा ठूलो परिमाणमा सुनजस्तो देखिने गरगहना, चाँदी, नेपाली तथा भारतीय रुपैया बरामद गरिएको छ। उक्त घटनासँग सम्बन्धित ६ जनालाई नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभागमा बुझाइएको प्रहरीले जनाएको छ।

प्राप्त गोप्य सूचनाका आधारमा २०८२ जेठ ७ गते बिहान ११ बजे, बनेपा नगरपालिका–७, परिवार नियोजन चोकस्थित मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टरमा अवैध रूपमा सुनका गरगहना बनाइ बिक्रीवितरण भइरहेको आशंकामा प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेको नेतृत्वमा टोली खटिएको थियो।

विदेशी नागरिकको संलग्नता

अनुसन्धानको क्रममा उक्त ज्वेलर्सका सञ्चालक भारत पश्चिम बंगाल, मदनपुर, दासपुर थानाका ४७ वर्षीय दीपंकर मैतीको कोठाबाट

  • सुनजस्तो देखिने पहेँलो धातुका गरगहना: ६७८.८३ ग्राम,
  • भारतीय नगद: रु. २५,३१०
  • नेपाली नगद: रु. १,२१,००५ बरामद गरिएको छ।

संलग्न अन्य व्यक्तिबाट बरामद भएको सामग्री

  1. सुमन सासमोल (३०) — भारत, वेस्ट बंगाल, मेदिनिपुर, निजामपुरका बासिन्दा, हाल पाँचखाल–४ बसोबास:

    • सुनजस्तो देखिने धातुका टुक्रा: २३.०८ ग्राम
  2. ऋषिकेश गोड्से (३८) — जोतभन्साम घर, हाल बनेपा–७ बसोबास:

    • चाँदीजस्तो धातु: ३२७.७५० ग्राम
  3. बिजय घोराई (२२) — भारत, ठेगाना नखुलेको

  4. दिपंकर साउ (३८) — भारत, पश्चिम बंगाल, पलसपाई

यी सबै पक्राउ परेका व्यक्तिहरूलाई बरामद सामान र नगदसहित थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग, हरीहरभवन ललितपुर पठाइएको छ।


अर्काे दिनको कारबाहीमा २५ लाख नगद बरामद

यसै क्रममा २०८२जेठ ६ गते, श्रोत नखुलेको रु. २५ लाख नेपाली रुपैयाँ बरामद गरिएको थियो। यस कार्यमा संलग्न भनिएका दुई व्यक्तिहरू:

  • राजन धमला (२१) — सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका–१
  • सञ्जय कुमार साह (३८) — सप्तरी, छिनमस्ता गाउँपालिका–६

उनीहरूलाई पनि राजस्व अनुसन्धान विभागमा बुझाइएको छ। विदेशी नागरिकको संलग्नता, अवैध गरगहना उत्पादन, श्रोत नखुलेको नगद, र ठूलो परिमाणको सुन-चाँदीको कारोबारले बनेपामा अवैध सुन चाँदी व्यापारको जालो झनै गहिरिएको देखिएको छ। यस्ता कार्यमा संलग्नहरूलाई कानूनको दायरामा ल्याउने काम तीव्र रुपमा अघि बढिरहेको प्रहरी स्रोतले जनाएको छ।

  • Jigyasanepal

थप