Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

विषालु च्याउले लियो तीन जनाको ज्यान, एकै वडाका तीन परिवार शोकमा

  •   १२ महिना अघि | ११ जेष्ठ २०८२, आइतवार

काठमाडौँ, जेठ ११ — झापा र इलामको सीमावर्ती क्षेत्र माङसेबुङ गाउँपालिका–५ मा विषाक्त च्याउ खाँदा एकै वडाका तीन जनाको ज्यान गएको दर्दनाक घटना सार्वजनिक भएको छ। मृतकमध्ये दुई महिला र एक पुरुष रहेका छन्।

प्राप्त विवरण अनुसार चिया बगानमा उम्रिएको जंगली च्याउ खाएका कारण ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको मृत्यु भएको हो। उनीहरूले करिब छ दिनअघि च्याउ सेवन गरेका थिए।

बिरामी परेपछि मनिषा र नुमालाई विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएको थियो, जहाँ उपचारको क्रममा उनीहरूको ज्यान गयो। अमर लावतीको भने झापाको बिर्तामोडस्थित बिएनसी अस्पतालमा आइतबार निधन भएको हो। बिएनसीका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार ती च्याउ अत्यन्त विषालु रहेका थिए।

घटनाले गाउँ नै शोकमा डुबेको छ। गाउँपालिका–५ मा तीनजना व्यक्तिको एकैपटक निधन भएपछि स्थानीयवासी स्तब्ध छन्।

यो घटनाले ग्रामीण भेगमा च्याउ सम्बन्धी चेतनाको गम्भीर अभाव देखाएको छ। वर्षायाम सुरु भएसँगै बन, बगान, खेतबारीमा उम्रिने च्याउको पहिचान गर्न नसक्दा हरेक वर्ष देशभरि यस्ता दुःखद घटना दोहोरिन्छन्।

  • Jigyasanepal

थप