Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

कपिलवस्तुमा ग्यास सिलिन्डर विस्फोट: एकै परिवारका दाजु–बहिनीको ज्यान गयो

  •   ११ महिना अघि | १२ जेष्ठ २०८२, सोमवार

कपिलवस्तु ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा खाना पकाउने ग्यास सिलिन्डर लिक भएर भएको आगलागीमा एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ।

आइतबार राति घरमा खाना बनाउने क्रममा ग्यास रेगुलेटर खोल्ने बित्तिकै सिलिन्डर लिक भई अचानक आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिएका छन्।

आगलागीमा परेर २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर रूपमा घाइते भएका थिए। उपचारका क्रममा दुबैको ज्यान गएको प्रहरीले जनाएको छ।

स्थानीय स्रोतका अनुसार, आगो लागेपछि घरमा ठूलो चिच्याहट र अफ्ठ्यारो स्थिति बनेको थियो। तत्काल उद्धार गरी उनीहरूलाई अस्पताल लैजाने प्रयास गरिए पनि घाउ अत्यन्तै गम्भीर भएकाले ज्यान जोगाउन सकिएन।

मृतक सोनम राष्ट्रिय माध्यमिक विद्यालय मुरफुटवामा कक्षा १० मा अध्ययनरत थिइन्। विद्यालयका प्रधानाध्यापक लालचन्द्र पाण्डेले उज्यालो भविष्य बोकेकी छात्रा यसरी ज्यान गुमाउनु दुखद भएको प्रतिक्रिया दिएका छन्।

हाल प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। यस घटनाले ग्यास सिलिन्डर जस्ता घरायसी साधन प्रयोग गर्दा सतर्कता नअपनाउँदाको परिणाम कति भयावह हुन सक्छ भन्ने कुरा पुनः उजागर गरेको छ।


जिज्ञाशा नेपालको अनुरोध:
सावधानी अपनाऔं, सुरक्षा सुनिश्चित गरौं। दैनिक प्रयोगमा आउने ग्यास सिलिन्डरजस्ता उपकरणहरू प्रयोग गर्दा सतर्कता अत्यावश्यक हुन्छ।

  • Jigyasanepal

थप