Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

२४ घण्टे मौसम सतर्कता: चट्याङ, वर्षा र हुरीको सम्भावना, महाशाखाको अपिल — सतर्क रहनुस्!

  •   १२ महिना अघि | २८ बैशाख २०८२, आइतवार

जिज्ञासा नेपाल | बैशाख २७, २०८२, शनिबार | काठमाडौ

देशभर मौसम अस्थिर बन्दै गएको अवस्थामा जलवायु पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा जोखिमयुक्त हुन सक्ने भन्दै विशेष चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको कारण अहिले देशका विभिन्न भागमा आंशिकदेखि पूर्ण बदली र हल्का वर्षा भइरहेकै छ।

शनिबार साँझ ६ बजे जारी गरिएको बुलेटिनअनुसार—

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा अहिले हल्का वर्षा भइरहेको छ।

रातिको समयमा देशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जनसहित चट्याङ र वर्षाको सम्भावना छ।

कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात पनि हुन सक्छ।

आईतबारको पूर्वानुमान यस्तो छ:

दिउँसो देशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना।

बाँकी भूभागका केही स्थानमा समेत चट्याङसहित हल्का वर्षा हुन सक्छ।

लुम्बिनी र मधेस प्रदेशको तराई क्षेत्रमा हुरीबतासको सम्भावना छ।

महाशाखाको चेतावनी र सुझाव:

महाशाखाले देशभरका नागरिक, कृषक, चालक तथा यात्रुहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी—

मधेस र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी आउन सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ।

सडक तथा हवाई यातायात, कृषि कार्य र स्वास्थ्य सेवामा असर पर्न सक्ने भएकाले पूर्वतयारीमा जुट्न महाशाखाको आग्रह छ।

देशभर मौसम अस्थिर छ। वर्षा, चट्याङ र हावाहुरीको सम्भावना उच्च छ। सजग बनौँ, सुरक्षित रहौँ।

  • Jigyasanepal

थप