Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

डाँडापारीवासीका: जटिल विरामीलाई हवाई एम्बुलेन्सकै भर

काभ्रेको विकट महाभारतबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

  •   १ वर्ष अघि | ९ साउन २०८२, शुक्रबार

शुकदेव थपलिया, काभ्रे | साउन ९ ।

काभ्रेपलाञ्चोकको अत्यन्तै विकट महाभारत गाउँपालिकाबाट सुत्केरी व्यथाले जटिल बनेकी एक महिलालाई शुक्रबार हेली रेस्क्यू मार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत उनलाई राजधानी काठमाडौंको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीमा पुर्‍याइएको छ।

महाभारत गाउँपालिका–७ निवासी जयमान घलानकी २८ वर्षीया श्रीमती देवकुमारी पाख्रीनलाई सुत्केरी व्यथाले गम्भीर अवस्था ल्याएपछि बनखुचौर स्वास्थ्य चौकीमा उपचारको प्रयास गरिएको थियो। तर, २४ घण्टा बितिसक्दा पनि सन्तोषजनक व्यथा नआएको, उच्च रक्तचाप औषधिबाट समेत नियन्त्रणमा नआएको र गर्भमा रहेको शिशुमा "फिटल डिस्ट्रेस" देखिएको भन्दै स्वास्थ्यकर्मीहरूले तुरुन्तै स्रोतसाधनसहितको अस्पताल रिफर गर्नुपर्ने सिफारिस गरेका थिए।

 स्वास्थ्य चौकीको रिपोर्ट: अनुसार “Prolong Labour र High BP” समस्या थियो । स्वास्थ्य चौकीले सिफारिसपत्रमा लेखेको विवरण अनुसार, सुत्केरी देवकुमारी पाख्रीन २०८२ साल साउन ८ गते दिउँसो १२:१० बजे बर्थिङ सेन्टरमा भर्ना भएकी थिइन्।

२७–२८ घण्टासम्म पनि ‘प्रोलङ लेबर’को समस्या कायम रहेको र आमाको उच्च रक्तचाप औषधिबाट समेत नियन्त्रण नभएको उल्लेख गरिएको छ।

शिशुको अवस्था पनि गम्भीर ‘Distress’ मा पुगेकोले आमाको ज्यानसमेत जोखिममा रहेको भन्दै तत्काल उद्धार गर्नुपर्ने खतराको सूचना दिइएको थियो।

पैदल हिँड्न नसकिने, बाटो छैन एम्बुलेन्स चल्दैन – हेली उद्धारकै भर

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाको प्रत्यक्ष समन्वयमा, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, नेपाली सेना र राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत हेली एम्बुलेन्स सेवा प्रयोग गरी तत्काल उद्धार गरिएको हो।

अध्यक्ष जिम्बाले भने, “विकट भूगोलमा बर्खाको मध्ये समय छ पैदल हिँड्न नसकिने अवस्था, सडक सुविधा पनि स्थायी र ढुक्क हुने खाले छैन , जटिल बिरामीको स्वास्थ्य चौकीमा पर्याप्त उपचार सम्भव नहुँदा हेलिकप्टर नै अन्तिम विकल्प बन्छ। जनताको पीडामा राज्यको संयन्त्र चल्नुपर्छ भन्ने हाम्रो मान्यता हो। हामी निरन्तर जनसेवामा समर्पित छौं।” त्यसै अनुसार शुक्रबार उनको उद्धार गरिएको हो ।

देवकुमारी पाख्रीनको श्रीमान् जयमान घलानले गाउँपालिका, स्वास्थ्य चौकी र अन्य निकायमा लिखित रूपमा उद्धारको लागि निवेदन दिएका थिए। सो निवेदनको आधारमा गाउँपालिकाले तत्काल आवश्यक पहल गर्दै उद्धार प्रक्रिया अघि बढाएको थियो।

खानीखोला र महाभारत गाउँपालिका क्षेत्रलाई काभ्रेको अति विकट भूभागका रूपमा चिनिन्छ। यस क्षेत्रमा स्थायी सडक पहुँच नरहेकाले, सामान्य अवस्थामा समेत बिरामी बोक्दै घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता छ। केही दिन अघि मात्रै सौर्य दैनिकले त्यस्ता जनताको पीडा लेखेको थियो । बर्खाको समयमा त हिँड्नसमेत नसकिने अवस्था हुने, भिर, पहिरो र खोला पार गर्दै ज्यानको बाजी थाप्नुपर्ने समस्या प्रत्येक वर्ष दोहोरिँदै आएको छ।

पछिल्ला वर्षहरूमा पनि यस्तै अवस्थाका गर्भवती महिला, बिरामी तथा घाइतेको हेलिकप्टरमार्फत उद्धार हुँदै आएको महाभारत गाउँपालिकाले जानकारी दिएको छ।

महाभारत गाउँपालिकाले उद्धारमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गर्दै सुत्केरी देवकुमारी पाख्रीनको शीघ्र स्वास्थ्य लाभकोकामना समेत गरेको छ।

निशुल्क हेलिकप्टर बाट उद्दार गरिएको देब कुमारी पाख्रीन र उहाँको परिवारलाइ पुत्री लाभ भएको  छ । पालिकाका अध्यक्ष जिम्बाले परिवार लाई  बधाई  दिँदै यो सँगै महाभारत गाउपालिका बाटै राष्ट्रपति महिला उद्दार कार्यक्रम मार्फत निशुल्क उपाचार तथा निशुल्क हेली उद्दार को संख्या १४ पुगेको छ र उनीहरूले घर फर्किने बेला २० हजार पोषण खर्च पाउने पनि बताए ।


  • Jigyasanepal

थप