Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

काठमाडौंमा आत्मदाह प्रयास : बुद्धनगरमा पेट्रोल छर्केर शरीरमा आगो लगाए, वीर अस्पतालमा उपचार जारी

  •   ३ महिना अघि | २७ असार २०८३, शनिबार

काठमाडौं। काठमाडौंको बुद्धनगरमा एक व्यक्तिले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका अनुसार बुद्धनगर–१० निवासी ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नै घरको भान्साकोठामा शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार घटना बिहान करिब ६:१५ बजे भएको हो। घटनाका बेला राउतकी श्रीमती र छोरा घरमा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले तत्काल उद्धार गरी राउतलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो। चिकित्सकका अनुसार उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको छ र अस्पतालमा उपचार जारी रहेको छ।

प्रारम्भिक जानकारीअनुसार घटनाअघि राउतको आफ्ना छोरासँग केही विषयमा छलफल भएको बुझिएको भए पनि आत्मदाह प्रयासको वास्तविक कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • Jigyasanepal

थप