Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

ईभी गाडी पुरिँदा चालकको मृत्यु, बेनी–जोमसोम सडक अवरुद्ध

  •   ३ महिना अघि | ११ असार २०८३, बिहिबार

म्याग्दी, असार ११ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभीरस्थित बेनी–जोमसोम सडकखण्डमा गएराति खसेको पहिरोमा परेर एक जना चालकको ज्यान गएको छ। ढुंगा र माटोसहितको विशाल पहिरोले ईभी गाडी पुरिँदा चालकको घटनास्थलबाट उद्धार गरी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार राति करिब २ बजेतिर अचानक खसेको पहिरोले नम्बर नखुलेको ईभी गाडी पूर्ण रूपमा पुरिएको थियो। दुर्घटनामा पर्साको वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय चालक सोहेल मियाको मृत्यु भएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दी, सशस्त्र प्रहरी बल तथा सुरक्षाकर्मीहरूको संयुक्त उद्धार टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। उद्धारकर्मीले गाडीभित्र फसेका मियालाई निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्‍याएका थिए। तर अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा अन्य यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

यसैबीच पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकमा थुप्रिएको ढुंगा, माटो र पहिरो पन्छाएर यातायात सञ्चालन सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

मनसुन सक्रिय भएसँगै पहाडी जिल्लाहरूमा पहिरोको जोखिम बढ्दै गएको छ। सुरक्षा निकायले वर्षायाममा विशेष सावधानी अपनाउन र जोखिमयुक्त सडकमा यात्रा गर्दा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

  • Jigyasanepal

थप