Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

आज राति लुम्बिनी र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, चार प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

  •   ३ महिना अघि | २० असार २०८३, शनिबार

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले शनिबार राति पनि विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज राति देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेस र बागमती प्रदेशका तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, डुबान तथा नदी–खोलामा आकस्मिक बहाव बढ्न सक्ने जोखिमप्रति विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षाको मापन कसरी गरिन्छ?

मौसमविद्का अनुसार २४ घण्टाभित्र:

१० मिलिमिटरभन्दा कम वर्षा भए हल्का वर्षा,

१०–५० मिलिमिटर वर्षा भए मध्यम वर्षा,

५०–१०० मिलिमिटर वर्षा भए भारी वर्षा,

१००–२०० मिलिमिटर वर्षा भए धेरै भारी वर्षा,

र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिन्छ।

‘एक–दुई स्थान’, ‘थोरै’, ‘केही’, ‘धेरै’ र ‘अधिकांश’ स्थानको अर्थ

मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावलीको अर्थ पनि प्रतिशतका आधारमा निर्धारण गरिन्छ।

एक–दुई स्थान : १० प्रतिशतभन्दा कम भूभाग

थोरै स्थान : १०–३० प्रतिशत भूभाग

केही स्थान : ३०–५० प्रतिशत भूभाग

धेरै स्थान : ५०–८० प्रतिशत भूभाग

अधिकांश स्थान : ८० प्रतिशतभन्दा बढी भूभाग

मौसमविद्हरूले भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा अनावश्यक यात्रा नगर्न, नदी–खोलाको आसपास सचेत रहन तथा बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

  • Jigyasanepal

थप