Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना

  •   ५ महिना अघि | २२ बैशाख २०८३, मङ्लबार

काभ्रे, वैशाख २२ । काभ्रेपलाञ्चोकमा सडक विस्तारका क्रममा भएको पहिरोले स्काभेटर पुरिँदा चालकको ज्यान गएको छ।

मंगलबार दिउँसो करिब ३ बजे चौरी देउराली गाउँपालिका–७ टाडिगाउँस्थित मध्यपहाडी लोकमार्गअन्तर्गत सडक खन्ने क्रममा माथिबाट ढुङ्गासहितको ठूलो ढिस्को खस्दा बा २ क २७९२ नम्बरको स्काभेटर पुरिएको हो।

दुर्घटनामा स्काभेटर चालक रौतहटको पौराही गाउँपालिका–३ निवासी ४१ वर्षीय दिलिप स्माली क्याबिनभित्रै च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रे ले जनाएको छ।

सडक विस्तारका लागि ट्रयाक खन्ने क्रममा अचानक माथिबाट खसेको ढिस्कोले स्काभेटर पूर्ण रूपमा पुरिएको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार प्रयास गरे पनि चालकको ज्यान जोगाउन नसकिएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

  • Jigyasanepal

थप