Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

थवाङ बोलेरो दुर्घटना अपडेट: मृतक संख्या २० पुग्यो

  •   ५ महिना अघि | १७ बैशाख २०८३, बिहिबार

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा भएको भीषण सवारी दुर्घटनामा मृतकको संख्या २० पुगेको छ। बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो भीरबाट खस्दा ठूलो मानवीय क्षति भएको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप तीन जनाको उपचारका क्रममा मृत्यु पुष्टि भएसँगै मृतक संख्या २० पुगेको हो।

प्रहरीका अनुसार वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन रुकुम पूर्वबाट गएका यात्रुहरू सवार बोलेरो सडकबाट करिब ८०० मिटर तल खसेको थियो।

दुर्घटनापछि तत्कालै प्रहरी टोली परिचालन गरी उद्धार कार्य सुरु गरिएको छ। यद्यपि दुर्गम क्षेत्र र नेटवर्क समस्याका कारण घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घाइतेहरूको उद्धार तथा थप जानकारी संकलनको काम जारी रहेको जनाएको छ।

  • Jigyasanepal

थप