Breaking News
धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||     अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व    ||    

६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना

  •   ४ दिन अघि | ९ जेष्ठ २०८३, शनिबार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लामा आगामी तीन दिनसम्म तातो हावा र तातो लहर (हीटवेभ) को उच्च जोखिम रहने चेतावनी दिएको छ। विभागले विशेष बुलेटिन–३ जारी गर्दै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भू–भागमा अत्यधिक गर्मी बढ्ने सम्भावना रहेको जनाएको हो।

विभागका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा तातो लहर चल्ने सम्भावना छ। त्यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तुमा समेत अत्यधिक गर्मीको प्रभाव कायम रहने विभागले उल्लेख गरेको छ।

मौसमविद्का अनुसार आगामी तीन दिनसम्म केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्नेछ भने केही क्षेत्रमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन हुन सक्ने अनुमान गरिएको छ। यसले जनजीवन प्रभावित हुने, स्वास्थ्य जोखिम बढ्ने तथा दैनिक गतिविधिमा असर पर्ने सम्भावना देखिएको छ।

विभागले तातो हावा र तातो लहरका कारण थकान हुने, शरीर कमजोर हुने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता हुनेजस्ता समस्या देखिन सक्ने चेतावनी दिएको छ।

गर्मीबाट बच्न विभागले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा बाहिर ननिस्किन, घरभित्र चिसो स्थानमा बस्न, हल्का तथा सुतीका कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न र प्रशस्त पानी तथा झोल पदार्थ सेवन गर्न आग्रह गरेको छ।

स्वास्थ्यमा असामान्य समस्या देखिए तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा जान पनि विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ। लगातार बढ्दो तापक्रमसँगै तराई क्षेत्रमा जनजीवन कष्टकर बन्दै गएको छ भने किसान, मजदुर र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित हुने जोखिम देखिएको छ।

  • Jigyasanepal

थप