Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

डीडीसीको महाप्रबन्धकमा डा. शरण पाण्डे नियुक्त, किसानको ५० करोड बक्यौता तीन महिनाभित्र भुक्तानी गर्ने घोषणा

  •   ५ महिना अघि | १८ बैशाख २०८३, शुक्रबार

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा नियुक्त भएका छन्। कृषिमन्त्री गीता चौधरीको मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति पाएका उनले बिहीबार नै केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार सम्हालेलगत्तै पाण्डेले संस्थानको सबैभन्दा ठूलो समस्याका रूपमा रहेको किसानको भुक्तानीलाई प्राथमिकतामा राख्दै तीन महिनाभित्र करिब ५० करोड रुपैयाँ बराबरको बक्यौता तिर्ने योजना सार्वजनिक गरेका छन्।

‘मेरो पहिलो प्राथमिकता किसानको बाँकी रकम चुक्ता गर्नु हो,’ उनले भने, ‘तीन महिनाभित्र सबै बक्यौता तिरेर आगामी दिनमा दूध खरिद गरेको १० देखि १५ दिनभित्रै किसानले भुक्तानी पाउने गरी नियमित पेमेन्ट साइकल विकास गरिनेछ।’

नवनियुक्त महाप्रबन्धक पाण्डेले संस्थानको सेवा सुधारका लागि बिक्री केन्द्र विस्तार, उत्पादनको गुणस्तर वृद्धि तथा उपभोक्ताको विश्वास पुनः स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले डीडीसीलाई घाटाबाट मुक्त गर्दै किसान र उपभोक्तामैत्री संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको बताए।

यससँगै संस्थानको कर्मचारी संरचनामा समेत केही फेरबदल गरिएको छ। यसअघि निमित्त महाप्रबन्धक रहेका सञ्जीव झा पुनः संस्थानकै आठौँ तहमा फर्किएका छन् भने मन्त्रालयबाट तानिएका राजेन्द्र अधिकारीले नायब महाप्रबन्धक (डीजीएम) को जिम्मेवारी सम्हालेका छन्।

मन्त्रालयको पशुपक्षी तथा मत्स्य विकास महाशाखा प्रमुखसमेत रहेका पाण्डेको नियुक्तिसँगै डीडीसी सुधारतर्फ नयाँ अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप