Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

  •   ४ हप्ता अघि | २१ भदौ २०८३, आइतवार

काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी पाँच प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा धेरै स्थान तथा कोशी, बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेशका केही स्थानमा पनि वर्षा हुनसक्ने जनाइएको छ।

रातिको समयमा पनि देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्नेछ।

राति कोशी, बागमती र गण्डकीका पहाडी भूभाग तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

महाशाखाले वर्षा, चट्याङ र हिमपातको सम्भावना भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन तथा यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्रै अघि बढ्न आग्रह गरेको छ।

  • Jigyasanepal

थप