Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

कारागारभित्र दुई कैदीको हत्या : ७ सुरक्षाकर्मी र ८ कैदीबन्दीलाई जन्मकैद

  •   ४ महिना अघि | २ असार २०८३, मङ्लबार

संखुवासभा, असार २ । जिल्ला कारागार खाँदबारीभित्र दुई कैदीबन्दीको कुटपिट गरी हत्या गरिएको घटनामा जिल्ला अदालत संखुवासभाले ७ जना प्रहरी तथा सुरक्षा कर्मचारीसहित १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ। अदालतको यो फैसला कारागारभित्र हुने मानवअधिकार उल्लङ्घन र हिरासत सुरक्षाका विषयमा महत्वपूर्ण नजिरका रूपमा हेरिएको छ।

न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा १७१ (१) अनुसार दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो। साथै मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिइएको छ।

घटना २०८० साउन २४ गते भएको थियो। कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा पक्राउ परेका संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीमाथि सुरक्षाकर्मी र अन्य कैदीबन्दीले सामूहिक कुटपिट गरेका थिए। गम्भीर कुटपिटकै कारण दुवैको मृत्यु भएको अनुसन्धानबाट पुष्टि भएको थियो।

अदालतले तत्कालीन कारागार इन्चार्जसहित प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, हवल्दार र सुरक्षा गार्ड गरी ७ जनालाई दोषी ठहर गरेको छ। त्यस्तै, चौकीदार, बडानाइके, सहनाइकेसहित ८ जना कैदीबन्दीलाई पनि समान रूपमा जिम्मेवार ठहर गर्दै जन्मकैदको सजाय सुनाइएको छ।

घटनापछि पक्राउ परेका सुरक्षाकर्मीहरूलाई धनकुटा कारागार तथा कैदीबन्दीहरूलाई तेह्रथुम कारागारमा राखेर मुद्दाको पुर्पक्ष चलाइएको थियो।

कारागारभित्र रहेका व्यक्तिको सुरक्षा राज्यको जिम्मेवारी भएको भन्दै अदालतले सुरक्षाकर्मी र कैदीबन्दी दुवैलाई समान रूपमा जिम्मेवार ठहर गरेको यो फैसला मानवअधिकार संरक्षण र कारागार व्यवस्थापनका दृष्टिले ऐतिहासिक मानिएको छ।

  • Jigyasanepal

थप