Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

वैदेशिक रोजगार ठगीविरुद्ध विभागको कडा कदम : एकैदिन ५६ जनाविरुद्ध पक्राउ पुर्जी, ४ पीडितको उद्धार

  •   ३ महिना अघि | ३१ असार २०८३, बुधबार

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगी नियन्त्रणका लागि अनुसन्धान र कारबाहीलाई तीव्र बनाएको छ। विभागले एकै दिन ५६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्नुका साथै ४ जना वैदेशिक रोजगार पीडितको उद्धार गरेको जनाएको छ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरीका आधारमा १९ वटा नयाँ मुद्दा दर्ता गरिएको छ। अनुसन्धानका क्रममा ६ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ भने थप ३३ जनालाई पक्राउ गर्न अनुमति मागिएको विभागले जनाएको छ।

मुद्दा तथा अनुसन्धान शाखाले सोही अवधिमा ८ वटा मुद्दा मिलापत्रमार्फत टुंग्याएको छ। साथै बैंक, अभियोगपत्र र रायपत्रसहित विभिन्न निकायमा १४१ वटा पत्राचार गरिएको विभागले जनाएको छ।

संस्था अनुगमन शाखाले ७ वटा नयाँ उजुरी दर्ता गर्नुका साथै ३ वटा राहदानी वितरण गरेको छ। म्यानपावर कम्पनीहरूलाई ४ वटा पत्राचार गरिएको र फोनमार्फत प्राप्त ७ वटा गुनासो तत्काल समाधान गरिएको विभागले जानकारी दिएको छ।

यस्तै, जनगुनासो व्यवस्थापनतर्फ कल सेन्टरमा प्राप्त ६६ मध्ये ६५ वटा गुनासो समाधान गरिएको छ। हेलो सरकारमार्फत प्राप्त ६ वटा गुनासोमध्ये ५ वटाको सम्बोधन गरिएको छ भने एउटा असम्बन्धित गुनासो सम्बन्धित निकायमा पठाइएको विभागले जनाएको छ।

राहत, उद्धार तथा समन्वय शाखामार्फत २ वटा नयाँ उजुरी दर्ता भएका छन्। विभागको पहलमा ४ जना पीडितको उद्धार गरिएको छ भने ३ वटा क्षतिपूर्तिसम्बन्धी प्रक्रिया सम्पन्न भएको र ६ वटा द्विपक्षीय छलफल सञ्चालन गरिएको जानकारी दिइएको छ।

यसैबीच, वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउने क्रममा विभागले ५१ वटा म्यानपावर कम्पनी तथा १४ वटा पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था (पीडीओटी) को नवीकरण पनि सम्पन्न गरेको जनाएको छ।

वैदेशिक रोजगार विभागले ठगी नियन्त्रण, पीडितको उद्धार, गुनासो व्यवस्थापन तथा वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी र व्यवस्थित बनाउन आफ्नो सक्रियता निरन्तर बढाइरहेको जनाएको छ।

  • Jigyasanepal

थप