Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

  •   १ दिन अघि | १८ असोज २०८३, आइतवार

काठमाडौं । देशका विभिन्न प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम सामान्यतया बदली रहनेछ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा भने आंशिक बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति पनि वर्षा र हिमपातको सम्भावना

राति देशका पहाडी तथा तराई भू–भागमा सामान्यतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र बागमती प्रदेशका हिमाली भू–भागमा पनि सामान्यतया बदली रहनेछ।

रातिको समयमा तराईका विभिन्न भू–भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ।

त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ।

सुदूरपश्चिम प्रदेशको तराई भू–भाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा समेत हल्का वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

मौसममा आएको परिवर्तनसँगै वर्षा र हिमपात हुनसक्ने क्षेत्रमा दैनिक गतिविधि तथा यात्रा गर्दा आवश्यक सावधानी अपनाउनसमेत मौसमविद्हरूले सुझाव दिएका छन्।

  • Jigyasanepal

थप