Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

ताम्राकारको अतीतको झझल्कोमाथि परिचर्चा

  •   २ हप्ता अघि | ३ साउन २०८३, आइतवार

काठमाडौँ। निबन्धकार मदनराज ताम्राकारको अतीतको झझल्को संस्मरणसङ्ग्रहमाथि राजधानीमा अन्तरक्रिया कार्यक्रम गरियो । 

नेपाल स्रष्टा समाज बागमती प्रदेशको आयोजनामा आईतबार आयोजित कार्यक्रममा डा.तुलसी भट्टराईले नढाँटी लेखिएको संस्मरणको रुपमा कृति आएको बताए । उनले ताम्राकारका बालसुलभ मनोविज्ञान समेत मीठोसँग आएको भन्दै उनको लेखनमा क्षमता भएको कृतिले प्रमाणित गरेको बताए । कृति सबैको निम्ति प्रेरणादायी भएकोमा उनको जोड थियो । 

समालोचक प्रमोद प्रधानले आत्म प्रशंसामात्रले नेपाली साहित्यमा योगदान नहुने भन्दै लेख्नु ठूलो कुरा नभएको बताए । लेखक कसरी प्रस्तुत हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । अहिले आत्मकथामा पाखण्डपन हावी भएको छ यो गलत हो । आचारसंहिताभित्र रहेर लेखकले आत्मकथा लेख्न सक्नुपर्छ । ताम्राकारका संस्मरणहरु त्यतैतिर रहेको लागेको छ । प्रधानले भने । 

नेपाली साहित्यिक क्षेत्रको विकृति मौलाउँदै गएको प्रति चिन्ता प्रकट गर्दै श्रीओम श्रेष्ठ रोदनले भने,आत्मप्रशंसामा रमाउन चाहानेको लेखनी बढीरहेको बेला लेखनीमा झुठको खेती मौलाइरहेको बेलामा जो लेखकले इमान्दार भएर पुस्तक लेख्दैन्,त्यसले अवश्यपनि पाठकलाई ठगेको हुन्छ । तर ताम्राकार यो मामलामा इमान्दार देखिनुभएको छ। 

कृतिमाथि चर्चा गर्दै प्रा.डा.कुमारप्रसाद कोइरालाले जीवनका विभिन्न वयहरुका १४ वटा संस्मरणहरु कृतिमा रहेको बताए । बाल्यकालीन र उषाकालीन स्मृति,पारीवारिक आर्थिक अबस्था र उनका जीवनका विभिन्न पाटाहरुलाई संस्मरणहरुमा समेटिएको छ । प्रा.डा.कोइरालाले यो आत्मसंस्मरण हाम्रै कथा जस्तो भएकोमा जोड दिए । उनले पनि आत्मप्रशंसाबाट संस्मरण मुक्त रहेको बताए । 

लेखक ताम्राकारले कृतिको रचनागर्भ बारे  बोले ।

समाजका वागमती प्रदेश संयोजक शंकर भारतीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पवन आलोक,राधेश्याम लेकाली,बद्रीप्रसाद ढकाल लगायतले आ आफ्नो मन्तव्य राखे । 

शुषमा आचार्य अंशुको सञ्चालनमा भएको कार्यक्रममा सत्या अधिकारीले स्वागत मन्तव्य राखिन ।

  • Jigyasanepal

थप