Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी

  •   ५ महिना अघि | २३ बैशाख २०८३, बुधबार

काठमाडौं, वैशाख २३ — पछिल्लो समय विद्युतीय माध्यममार्फत बैंक खाताबाट रकम चोरी हुने घटना बढ्दै गएपछि नेपाल प्रहरीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ले बुधबार जारी सूचनामार्फत विभिन्न एप तथा अनलाइन प्रणालीको दुरुपयोग गरी बैंक तथा वित्तीय संस्थाका खाताबाट रकम चोरी भइरहेको जनाएको हो।

ब्युरोका अनुसार ‘कनेक्ट आईपीएस’ जस्तै देखिने नाम प्रयोग गरी अपरिचित मोबाइल नम्बरबाट विभिन्न सन्देश तथा अलर्ट पठाउने गरिएको पाइएको छ। यस्ता सन्देशमार्फत प्रयोगकर्तालाई फसाउने उद्देश्यले ‘फिसिङ लिंक’ पठाइ व्यक्तिगत विवरण तथा बैंक खातामा अनधिकृत पहुँच पुर्‍याउने प्रवृत्ति बढ्दो रहेको बताइएको छ।

प्रवक्ता दिलीपकुमार गिरी का अनुसार यस्ता लिङ्कमार्फत ठूलो मात्रामा रकम चोरी हुने जोखिम रहेकाले कुनै पनि अपरिचित वा शंकास्पद लिंक नखोल्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रहरीले डिजिटल सुरक्षा सचेतना बढाउन र आफ्नो बैंकिङ विवरण गोप्य राख्न पनि सबैलाई सचेत गराएको छ।

  • Jigyasanepal

थप