Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

बीपी राजमार्गको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

  •   ४ महिना अघि | २९ जेष्ठ २०८३, शुक्रबार

काभ्रे, जेठ २९ । काभ्रे जिल्लाको बनेपाबाट रोशी गाउँपालिका–६ खार्पाचोक सुङ्गुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुबाहक बस शुक्रबार दिउँसो दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिका–६ सुङ्गुरेस्थित बीपी राजमार्गको बुच्चाकोट क्षेत्रमा शुक्रबार दिउँसो करिब २:२० बजे बस दुर्घटनामा परेको हो।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य यात्रुहरू समेत घाइते भएको अनुमान गरिएको छ। घाइतेहरूको उद्धार तथा उपचारका लागि प्रहरी, स्थानीयवासी र उद्धारकर्मी परिचालित भइ धुलिखेल अस्पतालमा उपचार को लागी ल्याइएको  छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेकाले मृतक तथा घाइतेहरूको पहिचान हुन सकेको छैन।धुलिखेल अस्पतालमा १७ जना घाइते ल्याइयो, अरुको उद्धार गरेर ल्याउने क्रम जारी छ ।

प्रहरीले दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जनाएको छ। मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। 

विपी राजमार्गको सेल्फी डाँडामा भएको सवारी दुर्घटनामा परेर धुलिखेल अस्पतालमा उपचार भइरहेको घाइतेहरुको विवरण हेर्नुहोस ।


(अपडेट हुँदै...)

  • Jigyasanepal

थप