Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

‘ग्यास छैन’ भन्दै लुकाएर राखेका १३ सिलिन्डर भेटिए, व्यापारीलाई ५० हजार जरिवाना

  •   २ महिना अघि | २५ साउन २०८३, सोमवार

नेपालगन्जमा अनुगमन गर्दा ग्यास लुकाएको अवस्थामा फेला, किराना पसल कारबाहीमा

बाँके । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएका बेला ग्यास लुकाएर राखेको अवस्थामा भेटिएपछि नेपालगन्जको एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा अनुगमन गर्दा लुकाएर राखिएका १३ वटा ग्यास सिलिन्डर फेला पारेको हो।

ग्यास लुकाएर राखिएको सूचना पाएपछि अनुगमन टोली पसलमा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताएका छन्। अनुगमनका क्रममा ग्यास सिलिन्डर लुकाएर राखिएको पुष्टि भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।

अनुगमनका क्रममा उक्त पसलबाट अखाद्य केही सामग्रीसमेत फेला परेको जनाइएको छ।

पछिल्ला दिनमा बजारमा खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव तथा अनियमितता भएको गुनासो बढेपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको छ।

‘ग्यास छैन’ भन्दै कृत्रिम अभाव सिर्जना गर्ने, लुकाएर राख्ने वा उपभोक्तालाई असहज बनाउने गतिविधिमाथि प्रशासनले निगरानी बढाएको जनाएको छ। पछिल्ला केही दिनदेखि नेपालगन्जलगायत क्षेत्रमा खाना पकाउने ग्यासको अभाव देखिँदै आएको छ।

  • Jigyasanepal

थप