Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

रहेनन् अग्रज पत्रकार रामशरण खरेल

  •   २ दिन अघि | १५ असोज २०८३, बिहिबार

काभ्रे । काभ्रेको पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय अग्रज पत्रकार रामशरण खरेलको ५० वर्षको उमेरमा निधन भएको छ।

धुलिखेल नगरपालिका–११, डाँडागाउँ निवासी खरेलको बिहीबार निधन भएको हो। केही समयदेखि बिबिध स्वास्थ्य समस्यासँग जुधिरहेका उनको निधनले काभ्रेको पत्रकारिता क्षेत्रलाई शोकमा पारेको छ।

खरेल ‘राष्ट्रचक्र’ साप्ताहिक पत्रिकाका प्रकाशक / प्रधान सम्पादक थिए। उनको सम्पादनमा उक्त साप्ताहिक काभ्रे जिल्लाबाट प्रकाशन हुँदै आएको थियो। जिल्लाको पत्रकारिता क्षेत्रमा उनले सक्रिय र निर्भीक पत्रकारका रूपमा आफ्नो पहिचान बनाएका थिए।

समाचार लेखन तथा पत्रकारितामा निरन्तर सक्रिय खरेलको निधनलाई काभ्रेली पत्रकारिता क्षेत्रले एक अग्रज पत्रकारको क्षतिको रूपमा लिएको छ।

उनको निधन प्रती पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन  लगायत शुभेच्छुक संघसंगठनले शोक बिग्यप्ती जारी गरेका छ्न ।



स्वर्गीय खरेलका श्रीमती र एक छोरा छन्।

उनको निधनप्रति जिज्ञासा नेपाल परिवार गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।

  • Jigyasanepal

थप