तस्बिर : नेपाली सेनाले उद्वार गरिरहेको ।
रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका, ७ बालक रहेका छन् भने ४७ जनाको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार बाढी तथा त्यसपछिको उद्धारका क्रममा विभिन्न जिल्लामा शव फेला परेका हुन्। सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्।
प्राप्त विवरणअनुसार:
रसुवा: ३ पुरुष
नुवाकोट: ६ महिला, ७ पुरुष
धादिङ: १० महिला, १० पुरुष, १ बालिका र ६ पहिचान नखुलेका
गोरखा: २ महिला, ८ पुरुष, १ बालक र ८ पहिचान नखुलेका
चितवन: १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक र २८ पहिचान नखुलेका
तनहुँ: १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र १ पहिचान नखुलेका
नवलपरासी पूर्व: २ महिला, १२ पुरुष, ३ बालिका, १ बालक र ४ पहिचान नखुलेका
बाढीले रसुवासहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ।
भोटेकोसीको बाढीले क्षति पुर्याएका क्षेत्रमा बेपत्ता तथा प्रभावितको खोजी, उद्धार र शव पहिचानको कामलाई तीव्रता दिइएको छ।
-
Jigyasanepal