Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी

  •   १ महिना अघि | १९ भदौ २०८३, शुक्रबार

नुवाकोट । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारमा आशाजनक संकेत देखिएको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएपछि उद्धार टोलीले खोजी तथा उद्धार अभियानलाई थप तीव्र बनाएको जनाइएको छ।

उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिसको आवाज सुनेको जानकारी पाएपछि नेपाली सेना र सशस्त्र प्रहरीका विशेष उद्धार टोली सुरुङभित्र प्रवेश गरेर खोजीमा जुटेका छन्।

घटनास्थलमै रहेर उद्धार कार्यको अवस्थाबारे जानकारी दिइरहेका रास्वपा सांसद श्रीराम न्यौपानेले सुरुङभित्रबाट मानिसको आवाज सुनिएको बताएका छन्। उनका अनुसार सुरक्षा निकाय र प्राविधिक टोलीले सम्भावित स्थान पहिचान गर्दै उद्धार प्रयास अघि बढाइरहेका छन्।

सांसद न्यौपानेले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोलीको प्रयासको प्रशंसा गर्दै सुरुङभित्र फसेका सबैलाई सकुशल बाहिर निकाल्न सकिने विश्वास व्यक्त गरेका छन्।

सुरुङभित्रबाट आएको भनिएको आवाजले लामो समयदेखि उद्धारको प्रतीक्षामा रहेका परिवारमा पनि नयाँ आशा जगाएको छ।

  • Jigyasanepal

थप