Breaking News
सधैँको लागि आउने भए मेरी बनाउँला    ||     वितरण गरेको ग्यासको अभिलेख नराख्ने फर्मलाई २० हजार जरिवाना    ||     देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||    

युकेमा भिसा लगाइदिने भन्दै ठगी गर्दै विमर्श प्रसाईं

  •   ४ हप्ता अघि | २३ असार २०८३, मङ्लबार

बेलायत  । एक दशकदेखि युके बस्दै आएका झापा घैलाडुब्बाका विमर्श प्रसाईंले वर्किङ भिसा लगाइदिने बहानामा युकेमै रहेका युवाहरूसँग लाखौं रकम ठगी गरेका छन् । 

केयर होममा भिसा लगाउन सहजिकरण गरिदिने भन्दै उनले बाह्रजना भन्दा बढी युवाहरूसँग पैसा लिएका थिए ।  भिसा नआएपछि पैसा फिर्ता माग्दा महिनौंसम्म प्रसाईंले रकम फिर्ता नगरेको पीडितहरू बताउँछन् । 

चालिस वर्षीय प्रसाईंले भावना बस्नेत, प्रविण गुरुङ, निशान शर्मा, सुरज केसीलगायत  युवासँग जनही तीन हजार पाउन्ड लिएका थिए। तर सात, आठ महिना बितिसक्दा पनि उनले रकम फिर्ता नदिई उल्टै पीडितलाई बारम्बार मानसिक दबाब दिने गरेको पीडित भावना बस्नेत बताउँछिन् ।  उनका अनुसार पीडितहरू कानुनी परामर्शपछि उजुरी दिने तयारीमा रहेका छन् । यद्यपि बेलायतको कानुनी प्रक्रिया लामो र झन्झटिलो  रहेकाले पीडितहरू नेपाली समुदाय र मिडियामा आउन बाध्य भएको  बताउँछन् ।   

गिलफोर्ड बस्दै आएका प्रसाईं अहिले साउथ लन्डन बस्छन् ।

  • Jigyasanepal

थप