Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

जाडो ..!

  •   २ वर्ष अघि | ३ पुस २०८१, बुधबार

कविता:

✍🏼श्रवण मुकारुङ



ल्याम्पपोस्टमुनि आगो तापिरहेछन्- नानीहरू

युगौंदेखि छ- जाडो

उहिल्यै त दाउरा बाल्थे रे ताप्न

बाल्थे रे- पानी र हावा

हामीले बाल्यौं टायर भत्केका मिनिबसका

बाल्यौँ खबरकागज र राजनेताका पम्पलेट

आज नानीहरू बालिरहेछन्- धर्मग्रन्थका अन्तिम पृष्ठ

फिल्मफेयर र आधुनिक कविता के बाल्लान् भोलिका नानीहरू ?

के बाल्लान् हूँ ...?!

युगौंदेखि छ - जाडो

ल्याम्पपोस्टमुनि आगो तापिरहेछन्- नानीहरू ।


श्रवण मुकारुङ जीवनको लय बाट


  • Jigyasa media

थप