Breaking News
शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

कताबाट फेरि यो सुनामी आयो

  •   १ महिना अघि | १८ भदौ २०८३, बिहिबार

✍️कृष्णहरि बराल


थिए शिरमाथि हजार दु:ख आफ्नै,

कताबाट फेरि यो सुनामी आयो।

लियो ज्यान धेरै, पियो बस्ती सारा,

बिना सूचना नै यो बेइमानी आयो।


कतै मर्नु पर्ने नपाएर पानी,

कतै पानीमा नै डुबिमर्नु पर्ने।

कतै सास फेर्न पनि छैन हावा,

कतै आँधीमा नै उडिमर्नु पर्ने।

नसोचेको कहिल्यै, नचाहेको कहिल्यै,

किन फेरि यस्तो यो हरामी आयो।


लियो ज्यान धेरै, पियो बस्ती सारा...


हामी सन्तती हौँ यसै धरतीका,

तर बेलाबेला किन घात गर्छ।

यहाँ हामीले भुल के नै गर्यौँ र,

घरि आगो छर्छ, घरि पानी छर्छ।

नसहेर हो कि यो यात्रा उज्यालो,

बिथोल्नै भनी यो प्रतिगामी आयो ।


लियो ज्यान धेरै, पियो बस्ती सारा...

  • Jigyasanepal

थप