Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

छोरीको खेल हेर्न नपाएका बुबाआमाको कथा

  •   २ वर्ष अघि | ९ साउन २०८१, बुधबार

बझाङ। गएको शुक्रबार श्रीलंकाको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा एसिया कप महिला क्रिकेट प्रतियोगिता भइरहेको थियो। नेपाल र युएईबीच प्रतिस्पर्धा थियो र नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट खेल सुरु भएको थियो। यस खेलमा बझाङकी सम्झना खड्काले उत्कृष्ट प्रदर्शन गरिरहेकी थिइन्। तर, सम्झनाका बुबा देवेन्द्रबहादुर र आमा कालीदेवी खड्का भने लेकतिर घेराबारको काम गरिरहेका थिए। 


सम्झनाका बुबाआमालाई छोरीले क्रिकेट खेल्छिन् भन्ने थाहा थियो, तर खेल कति बजे र कहाँ हेर्ने भन्ने टुंगो थिएन। उनीहरू बिहानको खाना खाएर काममा निस्किए। सम्झनाका भाइहरूले जयपृथ्वी नगरपालिकाको हलमा खेल हेर्ने अवसर पाए।


सम्झनाका बुबा देवेन्द्रले भने, "दिनभर घरमा बसेर केही हुन्न, घरमा छोरीको खेल हेर्नलाई केही माध्यम भएन। त्यसैले हामी लेकतिर गयौँ। पछि छोरीले राम्रो खेली भनेर फोनमा खबर पाएपछि मोबाइलमा छोरीको खेल हेर्‍यौँ।"


खेलको खासै जानकारी नपाए पनि छोरीको उत्कृष्ट प्रदर्शनले बुबाआमा खुसी छन्। सम्झनाले युएईविरुद्धको खेलमा ४५ बलमा ११ चौकासहित ७२ रन बनाइन् र प्लेयर अफ दि म्याचको उपाधि जितिन्। सम्झनाको यो प्रदर्शनले उनलाई राष्ट्रिय स्तरमा चिनायो। सम्झनालाई मोजाको बलले बलिङ गराउँदै १३ वर्षअघि क्रिकेट खेल्न सिकाएका सुरेन्द्र सिंह र प्रविन्द धामीको पनि चर्चा भयो।


सम्झनाको परिवार अहिले उनको खेलबाट गर्वित छ। सम्झनाले दुई वर्षदेखि राष्ट्रिय टिमबाट खेल्दै आएकी छन् र यसपटकको एसिया कपमा १८ अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छिन्। 


तर, सम्झनाका बुबाआमा कुनै पनि खेलको प्रत्यक्ष प्रसारण हेर्न पाएनन्। देवेन्द्रले भने, "घरको टिभिमा खेल आउँदैन, मोबाइल छैन। अरुले भनेको आधारमा छोरीले खेल जितेको-हारेको थाहा पाउँछौँ।"

सम्झनाको खेल जीवनमा प्रगति देख्दा उनको परिवार सन्तुष्ट छन्।

  • RSS

थप