Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

बंगलादेशमा सम्पन्न एसियन बक्सिङ च्याम्पियनसिपका नेपाली खेलाडी र प्रशिक्षक सम्मानित

  •   २ वर्ष अघि | १८ मंसिर २०८१, मङ्लबार

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा सम्पन्न जेन जी फाइट नाइट साउथ एसियन बक्सिङ च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी र प्रशिक्षकलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ।

ललितपुरमा आयोजित उक्त सम्मान कार्यक्रममा नेपाल प्रोफेशनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्ट प्रालिले संयुक्त रूपमा खेलाडी र प्रशिक्षकलाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरे।

सम्मानित खेलाडीहरू र प्रशिक्षक

अनिल कुमार पुन मगर: ६१ केजी तौल समूहमा विजेता।

पुरन राई: ५९ केजी तौल समूहका सहभागी।

महेन्द्र बहादुर चन्द: ६३ केजी तौल समूहका सहभागी।

प्रेम पाउजा: प्रशिक्षक।


त्यसैगरी, **वल्र्ड बक्सिङ काउन्सिल (WBC)**बाट रिङ अफिसियल कोर्स पूरा गरी पहिलो प्रोफेशनल बक्सिङ रेफ्री बनेका राजन प्रजापतिलाई पनि सम्मान गरिएको थियो। उनले उक्त च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा बक्सिङका वरिष्ठ प्रशिक्षक, खेलाडी, र अन्य बक्सिङप्रेमी गरी करिब ४० जनाको उपस्थिति थियो।

सिल्क ट्रान्सपोर्टका प्रमुख कार्यकारी अधिकृत रमेश शेर्पाले नेपालमा व्यवसायिक बक्सिङको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि विभिन्न किसिमले सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपाल प्रोफेशनल बक्सिङ कमिसनसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

यस प्रकारको सम्मानले नेपाली बक्सिङ खेलाडीहरूको मनोबल बढाउनुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थप प्रेरणा प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।


  • Jigyasanepal

थप