Breaking News
सधैँको लागि आउने भए मेरी बनाउँला    ||     वितरण गरेको ग्यासको अभिलेख नराख्ने फर्मलाई २० हजार जरिवाना    ||     देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||    

नामिबियासँग पराजित नेपाल, वर्षाले प्रभावित खेलमा डीएल मेथोडको निर्णय

  •   १ वर्ष अघि | २४ फाल्गुन २०८१, शनिबार

काठमाण्डौ ।गुगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गत नेपालले नामिबियासँग ६ विकेटको हार बेहोरेको छ। वर्षाका कारण अवरुद्ध खेललाई डीएल मेथोडअनुसार १५ ओभरमा झारिएको थियो, जसमा नामिबियाले ७१ रनको लक्ष्य पाएको थियो।

नेपालका बलरहरूले खेलमा प्रभाव पार्न प्रयास गरे। ईश्वरी विष्टले १३.२ ओभरमा चौँथो विकेट लिँदा, कप्तान इन्दु बर्माले १२.२ ओभरमा तेस्रो विकेट झारिन्। यसअघि सविता जोशी र पूजा महतोले क्रमशः १०औं ओभर र तेस्रो ओभरमा विकेट लिएका थिए।

नामिबियाले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

नेपालको ब्याटिङ प्रदर्शन

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९२ रन बनाएको थियो। सम्झना कुमारी खड्काले आक्रमक सुरुवात गरे पनि ११ बलमा १८ रन बनाएर आउट भइन्। रुविना क्षेत्री (०), कप्तान इन्दु बर्मा (२), पूजा महतो (१३), रोमा थापा (९), रचना चौधरी (१), एलिशा यादव (०) लगायतले ठूलो योगदान दिन सकेनन्।

नामिबियाका बलरहरू प्रभावशाली देखिए, जसका कारण नेपाली टोलीले अपेक्षित स्कोर खडा गर्न सकेन।

आगामी खेलहरू

नेपालले अब फागुन २५ गते युगान्डासँग, फागुन २६ गते हङकङसँग, फागुन २८ गते पुनः नामिबियासँग, फागुन २९ गते युगान्डासँग र फागुन ३० गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणमा शीर्ष दुई टोलीले उपाधि भिडन्त खेल्नेछन्।


  • Jigyasa media

थप