Breaking News
धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||     अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व    ||    

विवादका बीच एन्फा साधारणसभा धुलिखेलमा सम्पन्न , भित्र उद्घाटन समारोह– बाहिर प्रवेश विवाद

  •   १ वर्ष अघि | २६ बैशाख २०८२, शुक्रबार

शुकदेव थपलिया काभ्रे ।, वैशाख २६ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नियमित साधारण सभा (अर्डिनरी कंग्रेस) शुक्रबार काभ्रेको धुलिखेलमा कडा सुरक्षा बीच गरेको छ । सभा भित्र उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरिए पनि सभा स्थल बाहिर भने पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश नदिइएपछि विवाद चुलिएको थियो।

धुलिखेल नगरपालिका सभा हलमा आयोजित कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले पानसमा बत्ती बालेर गरे। कार्यक्रममा धुलिखेल नगरप्रमुख अशोक ब्यान्जु श्रेष्ठ, उपप्रमुख निराजन जंगम, प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, जिल्ला प्रहरी प्रमुख कोमल शाह, सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाई, पत्रकार महासंघ अध्यक्ष विनोद न्यौपाने, खेलकुद पत्रकार मञ्च उपाध्यक्ष गोविन्द रेग्मी लगायत विशिष्ट अतिथिहरूको सहभागिता थियो। कार्यक्रममा स्वागत मन्तव्य महासचिव किरण राईले राखे भने नगरप्रमुख ब्यान्जुले शुभकामना मन्तव्य दिए। अध्यक्ष पंकज विक्रम नेम्वाङले धन्यवाद ज्ञापनसहित उद्घाटन कार्यक्रम समापन गरेका थिए ।

थापालाई रोकिएपछि सभा स्थलबाहिर तनाव

शुक्रबार उक्त साधारण सभामा भाग लिन आएका पूर्वअध्यक्ष गणेश थापालाई पास नभएको भन्दै गेटमै रोक्दा विवाद उत्पन्न भएको थियो। सशस्त्र प्रहरीको डिएसपीकै नेतृत्वमा सुरक्षा टोली खटाइएको थियो। थापा र उनका समर्थकहरू "अदालतको आदेश मान्नुपर्छ" भन्दै सभा प्रवेशको माग गर्दै उभिएका थिए। थापाले भने, “कि अदालतको आदेश मान्दिन भन्नुपर्‍यो, कि मलाई भित्र जान दिनुपर्‍यो।”

एन्फा: अदालतको आदेशबारे अस्पष्टता

एन्फा प्रवक्ता सुरेश शाहले भने अदालतको आदेशबारे औपचारिक जानकारी नआएको जिकिर गर्दै भने, “हामी सचिवालयको आधिकारिक पत्र नआएसम्म केही भन्न सक्दैनौं। थुप्रै केसहरू छन्, कुन के हो भन्ने बुझ्न समय लाग्छ।”

यता, अध्यक्ष पंकज नेम्वाङ भने थापालाई रोकिएको विषयमा बोल्न तयार देखिएनन्। थापा प्रतिबन्ध मुक्त भए पनि विवाद सकिएको छैन । गणेश थापालाई फिफाले १६ अप्रिल २०१५ मा भ्रष्टाचार, घुस लिने जस्ता आरोपमा दश वर्षका लागि प्रतिबन्ध लगाएको थियो। उनले २१ लाख जरिवाना पनि तिर्नु परेको थियो। प्रतिबन्ध २०२५ अप्रिल १५ मा सकिएपछि उनी पुनः सक्रिय भए।

उनी साधारण सभामा सहभागी हुन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। अदालतले वैशाख २१ मा थापाकै पक्षमा अन्तरिम आदेश दिएपछि उनी शुक्रबार धुलिखेलमा आयोजित सभा स्थल पुगेका थिए। तर एन्फाले प्रवेश दिन अस्वीकार गरेपछि अदालतको आदेश कार्यान्वयनबारे विवाद चुलिएको थियो।

एन्फाको साधारण सभामा आर्थिक प्रतिवेदन, विधान संशोधन, कार्यसमिति प्रस्ताव, लेखापरीक्षण प्रतिवेदन स्वीकृति, सदस्यता निर्णय लगायतका विषयमा छलफल आफ्नो कार्यसूची उपर सबै सम्पन्न गरेको जनाएको छ । एन्फाका कार्यसमिति, क्षेत्रीय संघ, तथा आमन्त्रित पाहुनाहरूको उपस्थिति रहेको सभा शुक्रबार नै सम्पन्न भएको थियो ।

  • Jigyasanepal

थप