Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

एनपीएलमा आज शक्तिशाली भिडन्त : पोखरा एभेन्जर्स Vs सुदूरपश्चिम रोयल्स

  •   ११ महिना अघि | ५ मंसिर २०८२, शुक्रबार

कीर्तिपुरमा साँझ ४ बजेदेखि दोहोरो दाउ–पहिलो पल्ट फ्लडलाइटमा दोस्रो इनिङ

काठमाडौँ, मंसिर ५ —

नेपाल प्रिमियर लिग (एनपीएल) ले आज शुक्रबार कीर्तिपुरलाई फेरि एक चोटि रोमाञ्चक क्रिकेट रंगशालामा बदल्दैछ। आयोजना सुरु भएको मंसिर १ यता प्रत्येक खेलले रोमाञ्च उच्च बनाइरहेको बेला आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स बीच कडा टक्कर निर्धारित छ।

दुवै टोली आफ्नो दोस्रो खेलमा मैदान उत्रँदैछन्, र आजको नतिजाले प्रतियोगिताको तालिका र मनोबल दुबैमा ठूलो प्रभाव पार्नेछ।

साँझ ४ बजेदेखि सुरु हुने भिडन्त, दोस्रो इनिङ फ्लडलाइटमा

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल अपराह्न ४ बजे सुरु हुनेछ।

विशेष रूपमा दोस्रो इनिङ फ्लडलाइटको प्रकाशमा खेलिने भएकाले दर्शकले अझै आकर्षक वातावरणमा क्रिकेटको मजा लिन पाउनेछन्।

नेतृत्व र खेलाडी–बलियो संयोजन

पोखरा एभेन्जर्स कुशल भुर्तेलको कप्तानीमा उत्रिदैछ। घरेलु र विदेशी खेलाडीको सन्तुलित मिश्रण रहेको पोखरा आज जितको खोजीमा आक्रमक देखिने संकेत छ।

पोखराका मुख्य आधार खेलाडी 

आकाश चन्द

सागर ढकाल

त्रित राज दास

दिनेश खरेल

विपिन खत्री

विकेटकिपर एडम रोसिङ्टन

पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार बेहोरेको पोखरा आजको खेललाई ‘कमब्याक’ म्याचका रूपमा लिएको छ।

उता सुदूरपश्चिम रोयल्स दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा अझै हौसिलो छ। पहिलो खेलमै काठमाडौँ गोर्खाजलाई २९ रनले हराउँदै उत्साहित रोयल्स आज पनि आक्रामक खेल देखाउने अपेक्षा छ।

टोलिको मुख्य आधार खेलाडी ।

विकेटकिपर विनोद भण्डारी

क्रिस लिन

जोश ब्राउन

स्कट कुग्गेल्जिन

आरिफ शेख

ईशान पाण्डे

हेमन्त धामी

बलर अविनाश बोहरा

दुवै टोलीको दुस्रो खेल, तर मनोबल फरक–फरक

एकतर्फ पोखरा पहिलो हारपछि पुनरागमनका लागि जुझ्दैछ भने अर्कोतर्फ सुदूरपश्चिम पहिलो जितको उर्जामा छ।

आजको भिडन्तले समूह चरणको समीकरणलाई झनै रोचक बनाउनेछ।

उत्सुकता, रणनीति र कडा प्रतिस्पर्धाले भरिएको आजको यो खेल एनपीएल २०८२ को सबैभन्दा चर्चित भिडन्तमध्ये एक बन्ने निश्चित देखिन्छ।

  • Jigyasanepal

थप