Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि अक्सन सकियो, करोडौंको बोलीमा स्टार खेलाडी अनुबन्ध

  •   १ वर्ष अघि | २४ साउन २०८२, शनिबार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को दोस्रो संस्करणका लागि खेलाडी अक्सन सकिएको छ। शनिबार ललितपुरस्थित रोयल टुलिपमा सम्पन्न अक्सनबाट २६ खेलाडी बिक्री भए भने बाँकी ११ खेलाडी ‘विस लिस्ट’ बाट फ्रेन्चाइज टिमले अनुबन्ध गरेका छन्।

क्याटेगोरी ‘ए’ का चार खेलाडी सबैभन्दा महँगो, १५ लाख रुपैयाँ अधिकतम मूल्यमा अनुबन्ध भए। तीमध्ये मोहम्मद आदिल आलम एकमात्र यस्ता खेलाडी बने, जसका लागि आठै फ्रेन्चाइज टिमले बोली लगाएका थिए।

१५ लाखमा भाग्यमानी अनुबन्ध

मोहम्मद आदिल आलम (काठमाण्डू गोर्खाज) – आठै टिमको बोलीपछि ‘लक्की ड्र’ मार्फत काठमाण्डू गोर्खाजले आदिललाई अनुबन्ध गर्‍यो।

देव खनाल (चितवन राइनोज) – लुम्बिनी लायन्स र चितवन राइनोजबीचको लक्की ड्रमा चितवनले जित्दै देवलाई टिममा भित्र्यायो।

पवन सराफ (कर्णाली याक्स) – तीन टिमको प्रतिस्पर्धापछि कर्णाली याक्सले बाजी मार्‍यो। चोटका कारण पहिलो संस्करण गुमाएका पवन यसपटक मैदानमा फर्किँदैछन्।

अर्जुन साउद (चितवन राइनोज) – चितवन, कर्णाली र विराटनगरबीचको लक्की ड्रमा चितवनले अर्जुनलाई टिममा ल्यायो।

१० लाखमा बिक्री भएका स्टारहरू

क्याटेगोरी ‘ए’ का सूर्य तामाङ (विराटनगर किंग्स) र दिलिप नाथ (लुम्बिनी लायन्स) १०–१० लाखमा बिक्री भए। दिलिपलाई यसपटक लुम्बिनीले मात्र बोली लगाएको थियो।

त्यस्तै, युवराज खत्री (कर्णाली याक्स), शेर मल्ल (लुम्बिनी लायन्स), सन्तोष यादव (काठमाण्डू गोर्खाज) र हेमन्त धामी (सुदूरपश्चिम रोयल्स) पनि १० लाखमै अनुबन्ध भए। यीमध्ये हेमन्त क्याटेगोरी ‘बी’ का एक मात्र १० लाख मूल्यका खेलाडी बने।

यो अक्सनसँगै दोस्रो संस्करणको तयारी तीव्र बनेको छ। अब सबैको नजर मैदानमा हुनेछ — को चम्किन्छ, को हराउँछ, र को टिमलाई उपाधिसम्म पुर्याउँछ, त्यो भने खेलमै थाहा हुनेछ।

  • Jigyasanepal

थप