Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

इंग्ल्याण्डद्वारा स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित

  •   २ वर्ष अघि | २३ असार २०८१, आइतवार

काठमाडौं । स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

जर्मनीको डुसेलडर्फमा शनिबार राति भएको क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराएको हो । निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

इंग्ल्याण्डका लागि ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले अन्तिम पेनाल्टी गोलमा परिणत गर्दै जित पक्का गरेका थिए ।

इंग्लाण्डका लागि पाँचै खेलाडीले पेनाल्टीमा गोल गर्दा स्विट्जरल्याण्डका लागि पहिलो पेनाल्टी प्रहार गरेका मानुएल अकान्जी भने चुके ।

इंग्ल्याण्डका लागि कोल पाल्मर, जुड बेलिङघम, बुकायो साका, इऐन टोनी, र आर्नोल्डले गोल गरे ।स्विट्जरल्याण्डका लागि फिबयन सार, जेद्रान शाकिरी र जेकी अम्डाउनीले पेनाल्टीमा गोल गरे । अकान्चीको प्रहार इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले बचाए ।


त्यसअघि खेलमा स्वीट्जरल्याण्डले पहिले अग्रता लिएपनि जोगाउन सकेन । खेलको ७५ औं मिनेटमा ब्रेल इम्बोलोको गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए तर बुकायो साकाले ८०औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काएका थिए ।

इंग्लयाण्डले अब स्मिफाइनलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

  • Jigyasa media

थप