Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

महिला साफ च्याम्पियनसिप: रेखा र प्रितीको ह्याट्रिक, नेपालले माल्दिभ्सलाई ११-० ले पराजित गर्‍यो

  •   २ वर्ष अघि | ५ कार्तिक २०८१, सोमवार

काठमाडौं – महिला साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ११-० गोलको विशाल अन्तरले पराजित गर्दै प्रभावशाली जित हासिल गरेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा रेखा पौडेल र प्रिती राईले ह्याट्रिक गर्दै उत्कृष्ट प्रदर्शन गरे। रेखाले ५ गोल र प्रितीले ३ गोल गर्दै नेपाललाई ऐतिहासिक जितमा पुर्‍याए।

रेखाले खेलको ३१औं, ४१औं, ४७औं, ६३औं र ७८औं मिनेटमा गोल गर्दै पाँच गोल पुर्‍याइन् भने प्रितीले खेलको ५औं, ६५औं र ८७औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरिन्। अन्य गोल सविता राना मगर (२८औं मिनेट), अनिता केसी (६८औं मिनेट) र अमिसा कार्की (८८औं मिनेट) ले गरेका थिए।

नेपालले यस जितसँगै ४ अंक जोडेको छ। प्रतियोगितामा नेपालको पहिलो खेल भुटानविरुद्ध गोलरहित बराबरीमा टुंगिएको थियो।


  • Jigyasa media

थप