Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

हङकङ सिक्सेस: अस्ट्रेलियाविरुद्ध नेपालको ११ रनको जित, सन्दीप जोराको उत्कृष्ट अर्धशतक

  •   २ वर्ष अघि | १७ कार्तिक २०८१, शनिबार

काठमाडौं, कात्तिक १७ - हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शनिबार अस्ट्रेलियाविरुद्ध ११ रनको सानदार जित हात पारेको छ। नेपालले टस हारेर ब्याटिङको निम्तो पाउँदै ६ ओभरमा २ विकेटको क्षतिमा १११ रन बनाएको थियो।

कप्तान सन्दीप जोराले १६ बलमा ५ चौका र ४ छक्कासहित ५१ रनको उत्कृष्ट पारी खेले। उनको रिटायर्ड आउट भएपछि विवेक यादव क्रिजमा आएर थप योगदान गरेका थिए। लोकेश बमले पनि आक्रामक खेल देखाउँदै १३ बलमा ३ चौका र ३ छक्कासहित ३३ रन बनाए। विवेक यादवले १२ रन जोडे भने अन्य खेलाडीको योगदान मिलेर कुल १११ रन पुगेको थियो।

अस्ट्रेलियाले ११२ रनको लक्ष्य पछ्याउने क्रममा ६ ओभरमा १०० रन मात्र बनाउन सक्यो। अस्ट्रेलियाका ज्याक वुडले ५५ रन बनाए पनि अन्य खेलाडी दोहोरो अंक जोड्न नसक्दा टिम ११ रनले पराजित भयो। नेपालका प्रतिश जिसीले ३ विकेट लिंदै बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरे भने लोकेश बम र विवेक यादवले १/१ विकेट लिए।

यसअघि, नेपालले प्रतियोगितामा इंग्ल्याण्डलाई पराजित गरेको थियो। नेपालले आज दिउँसो क्वाटरफाइनल खेल्नेछ। प्रतियोगितामा १२ टोलीहरूको सहभागिता रहेको छ।


  • Jigyasa media

थप