Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

नेपाल पुलिस क्लबको दोस्रो जित: श्रीलंकाको एयर फोर्सलाई हराउँदै लगातार सफलता

  •   २ वर्ष अघि | ३१ भदौ २०८१, सोमवार

काठमाडौँ, ३१ भदौ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। आज माले, माल्दिभ्समा भएको खेलमा पुलिस क्लबले श्रीलंकाको एयर फोर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

पुलिस क्लबले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२०, र तेस्रो सेट २५–२१ को सहज जित हात पार्दै खेल आफ्नो पक्षमा पारेको हो। यसअघि पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई पनि ३–० को सेटमा हराउँदै प्रतियोगिताको विजयी यात्रा सुरु गरेको थियो।

पुलिस क्लबले आफ्नो तेस्रो खेलमा भोलि ताजकिस्तानको भिसी डाइमेडसँग प्रतिस्पर्धा गर्नेछ। पुलिस टोलीले यस प्रतियोगितामा महिला भलिबल लिगको च्याम्पियन बनेको हैसियतमा भाग लिएको हो, जसमा गत चैतमा एभरेस्ट भलिबल क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको थियो।


  • Jigyasa media

थप