Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल

  •   २ वर्ष अघि | १३ कार्तिक २०८१, मङ्लबार

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ।


यसअघि आइतबार राति भएको पहिलो खेलमा नेपाल अमेरिका विरुद्ध ३ विकेटले पराजित भएको थियो। लिग-२ को अंक तालिकामा नेपालले हालसम्म खेलेका ९ खेलमा केवल १ जित हात पार्दै ३ अंक जोडेको छ, जसका कारण तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ। यसै क्रममा अमेरिका १० खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ भने स्कटल्याण्ड ८ खेलबाट ११ अंकसहित चौथो स्थानमा रहेको छ।


लिग-२ प्रतियोगितामा नेपालसँगै क्यानडा, अमेरिका, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नामिबिया, ओमान, र युनाइटेड अरब इमिरेट्स (यूएई) पनि प्रतिस्पर्धामा

छन्।


  • Jigyasa media

थप