Breaking News
सधैँको लागि आउने भए मेरी बनाउँला    ||     वितरण गरेको ग्यासको अभिलेख नराख्ने फर्मलाई २० हजार जरिवाना    ||     देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||    

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा, दक्षिण अफ्रिकामाथि ५० रनको जित

  •   १ वर्ष अघि | २२ फाल्गुन २०८१, बिहिबार

काठमाडौं, फागुन २२ – दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि न्युजिल्यान्डले भारतसँग प्रतिस्पर्धा गर्नेछ।

दक्षिण अफ्रिकाको संघर्ष, मिलरको शतक व्यर्थ

न्युजिल्यान्डले दिएको ३६३ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१२ रन मात्र बनाउन सक्यो। शतकिय इनिङ खेले पनि डेविड मिलर टोलीलाई जित दिलाउन असफल रहे। उनले ६७ बलमा १० चौका र ४ छक्कासहित अविजित १०२ रन बनाए। रसि भान डेर डुसेनले ६९ रन बनाएर बोल्ड आउट भए भने कप्तान टेम्बा बभुमा ५६ रनमा क्याच आउट भए।

एडेन मक्रमले ३१ र रायन रिकेल्टोनले १७ रनको योगदान दिए। न्युजिल्यान्डका मिचेल सान्टनरले ३ विकेट लिए भने म्याट हेन्री र ग्लेन फिलिप्सले समान २ विकेट हात पारे।

न्युजिल्यान्डको सानदार ब्याटिङ प्रदर्शन

त्यसअघि पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३६२ रनको विशाल योगफल तयार गरेको थियो।

न्युजिल्यान्डका लागि रचिन रविन्द्र र केन विलियम्सनले शतक बनाए। रविन्द्रले १०१ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १०८ रन बनाए भने विलियम्सनले ९४ बलमा १० चौका र २ छक्कासहित १०२ रनको योगदान दिए।

डेर्ली मिचेल ४९ रनमा आउट भए भने ग्लेन फिलिप्स अविजित ४९ रन बनाए। विल योङले २१ र माइकल ब्रासवेलले १६ रन जोडे।

अब न्युजिल्यान्डले उपाधिका लागि आइतबार भारतविरुद्ध

युएईमा खेल्नेछ।


  • Jigyasa media

थप