Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

नेपालको दोस्रो जित: यु-१९ महिला विश्वकप छनोटमा कुवेतलाई १०८ रनले पराजित

  •   २ वर्ष अघि | २२ कार्तिक २०८१, बिहिबार

काठमाडौं - आइसिसी यु-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा नेपालले शानदार प्रदर्शन गर्दै बिहीबार कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको छ। नेपालले यो जितसँगै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो।

कुवेतलाई १३ ओभरमै अलआउट गरेको नेपालका लागि बलिङमा रचना चौधरी र सिमाना केसीले उत्कृष्ट योगदान दिए, दुवैले २/२ विकेट लिए भने कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिशा उपाध्यायले समान १/१ विकेट हात पारे। कुवेतका लागि ओपनर जिफाले १२ रन बनाए पनि अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३० रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो। कप्तान पूजा महतोले टोलीका लागि सर्वाधिक ३४ रन बनाइन् भने ओपनर साना प्रविनले २५ रन, ज्योत्सिका मरासिनीले २३ रन र एलिसाकुमारी यादवले १५ रनको योगदान दिए।

यसअघि, नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गर्दै विजयी शुरुवात गरेको थियो। एसिया छनोटमा नेपालसहित युएई, कुवेत र थाइल्याण्ड सहभागी छन्। प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा स्थान पक्कागर्नेछ।


  • Jigyasa media

थप