Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

क्यानडा ओलम्पिक टिममा विवाद: सहायक स्टाफ हिरासतमा, प्रमुख प्रशिक्षक निलम्बित

  •   २ वर्ष अघि | १२ साउन २०८१, शनिबार

क्यानाडा  । क्यानडा ओलम्पिक टिममा एक विवाद उत्पन्न भएको छ जसमा क्यानडा टिमका सहायक स्टाफलाई प्रहरीले हिरासतमा लिएको छ। यस घटनामा न्युजिल्यान्ड ओलम्पिक कमिटीले आधिकारिक रुपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (IOC) मा केस दर्ता गरेको छ।

यसबीच, क्यानडाको टिममा दुईवटा चुनौती थपिएका छन्। पहिलो चुनौती प्रमुख प्रशिक्षक वेभ प्रिस्टमेनको अनुपस्थितिमा सहायक प्रशिक्षक एन्डी स्पेन्सलाई ओलम्पिकभर प्रशिक्षकको जिम्मेवारी दिइएको छ। क्यानडा ओलम्पिक कमिटीले आज विज्ञप्ति जारी गर्दै प्रिस्टमेनलाई जिम्मेवारीबाट हटाएर एन्डीलाई नयाँ जिम्मेवारी दिएको जानकारी दिएको छ।

विज्ञप्तिमा उल्लेख छ, "पछिल्लो २४ घण्टामा आएका सूचनाका आधारमा क्यानडा फुटबल टिमको निर्णय अनुसार प्रमुख प्रशिक्षक वेभ प्रिस्टमेनलाई पेरिस ओलम्पिक २०२४ सम्मका लागि निलम्बित गरिएको छ।"

प्रिस्टमेनले यसअघि यो जिम्मेवारी कहिल्यै निर्वाह नगरेकाले रणनीतिक रुपमा क्यानडा टिम पहिलाको जस्तो सक्षम हुन सक्ला कि नसक्ला भन्ने चुनौती रहेको छ। अर्को चुनौती भनेको आफ्नो साख जोगाउने हो। उपाधि रक्षाको जिम्मेवारीसँगै हरेकको नजर क्यानडा टिमको गतिविधिमा हुनेछ। यस घटनाले सम्पूर्ण टिमलाई शंकाको घेरामा पारेको छ, जसमा प्रमुख प्रशिक्षक मात्र नभई एक सहायक प्रशिक्षक र विश्लेषक पनि संलग्न भएका छन्।

यो विवाद साम्य हुँदै गर्दा क्यानडा टिमलाई अब एउटा पहाड चढ्नु छ र धेरै कुरा सावित गर्नु छ। क्यानडाले २०२४ ओलम्पिकमा आफ्नो पहिलो खेल सोमबार फ्रान्सविरुद्ध खेल्नेछ। समूह ए मा रहेको क्यानडा टिमले घरेलु टिम फ्रान्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

  • Jigyasa media

थप