Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

नेपालद्वारा अमेरिकाविरुद्ध टी-२० सिरिजमा शानदार क्लिनस्वीप

  •   २ वर्ष अघि | ५ कार्तिक २०८१, सोमवार

काठमाडौं, ५ कात्तिक – नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजलाई प्रभावशाली रूपमा क्लिनस्वीप गरेको छ। तेस्रो तथा अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज ३-० ले आफ्नो पक्षमा पार्‍यो।

आजको खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाउँदै सहजै पूरा गर्‍यो। नेपालका ओपनर आसिफ शेखले ५० रन बनाएका थिए भने अनिल शाह १३ रनमा आउट भए। त्यसपछि कुशल मल्ल (४४ रन) र कुशल भुर्तेल (४० रन) अविजित रहँदै नेपाललाई विजयी बनाए।

बलिङतर्फ अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक/एक विकेट लिए।

यसअघि डालसमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। अमेरिकाका सैतेजा मुक्कामल्लाले ६८ रनको उत्कृष्ट पारी खेले भने मिलिन्ड कुमारले ४३ रन जोडे। अन्य ब्याटरले खास प्रदर्शन गर्न नसक्दा अमेरिकाको स्कोर चुनौतीपूर्ण भए पनि पर्याप्त साबित भएन।

यो जितसँगै नेपालले टी-२० सिरिजमा अमेरिकाविरुद्ध आफ्नो दबदबा देखाउँदै सिरिजलाई एकतर्फीबनाएको छ।


  • Jigyasa media

थप