Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

बंगलादेशद्वारा नेपाललाई ४-१ ले पराजित गर्दै साफ यू–२० च्याम्पियनसिपको उपाधि कब्जा

  •   २ वर्ष अघि | १२ भदौ २०८१, बुधबार

काठमाडौं । बंगलादेशले बुधबार साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपाललाई ४-१ गोल अन्तरले हराउँदै उपाधि जितेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक यो प्रतियोगिताको उपाधि उचालेको हो।

बंगलादेशले खेलको पहिलो हाफको अन्त्यमा मिराजुल इस्माइलको गोलमार्फत अग्रता लिएको थियो। इस्माइलले ५५औँ मिनेटमा पुनः गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाए। 

खेलको ७१औँ मिनेटमा रब्बी हुसेनले तेस्रो गोल थपे भने ९०औँ मिनेटको इन्जुरी समयमा पियास अहमद नोभाले बंगलादेशको चौथो गोल गर्दै जित सुनिश्चित गरे।

नेपालका लागि एकमात्र सान्त्वना गोल समीर तामाङले ८०औँ मिनेटमा गरेका थिए। नेपालको प्रतिस्पर्धात्मक प्रयासका बाबजुद बंगलादेशको आक्रमक खेलले नेपाललाई दबाबमा राख्न सफल भयो।

यो जितसँगै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको इतिहासमा पहिलो पटक उपाधि जित्न सफल भएको छ।

  • Jigyasa media

थप