Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

लखनउलाई ६ विकेटले हराउँदै हैदरावादले दियो सशक्त प्रदर्शन

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, मङ्लबार

जिज्ञाशा नेपाल, खेल डेस्क | जेठ ६, २०८२

आईपीएलको रोमाञ्चक भिडन्तमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि प्रभावशाली जित दर्ता गरेको छ। गएराति सम्पन्न खेलमा हैदरावादले लखनउलाई ६ विकेटले पराजित गर्दै सानदार जित हात पार्‍यो।

पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २०५ रन बनाएको थियो। विशाल लक्ष्य पछ्याउने क्रममा हैदरावादले १८.२ ओभरमै ४ विकेट गुमाएर २०६ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको हो।

यद्यपि, दुवै टोलीको लागि यो जित वा हारले प्लेअफ समीकरणमा असर पार्न सकेन। सनराइजर्स र सुपर जायन्ट्स दुबै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन्। हालसम्म गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाब किङ्सले प्लेअफको यात्रा तय गरिसकेका छन् भने चौथो स्थानका लागि दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच कडा प्रतिस्पर्धा देखिएको छ।

आईपीएलप्रेमीका लागि आज राति पनि अर्को रोमाञ्चक खेल तय भएको छ। चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीचको भिडन्त आज राति पौने ८ बजे हुनेछ।

  • Jigyasanepal

थप