Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

युएफसीको सेमिफाइनलमा नेपाली चमक : रविन्द्र ढाँटको ऐतिहासिक छलाङ

  •   २ महिना अघि | १४ जेष्ठ २०८३, बिहिबार

काठमाडौं ।

नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा स्थान सुरक्षित गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव उचालेका छन्। बिहीबार सम्पन्न क्वाटरफाइनल प्रतिस्पर्धामा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै उनले शानदार जित निकालेका हुन्।

सुरुमा रविन्द्रको प्रतिस्पर्धा म्याट्टी इयानसँग हुने तय भएको थियो। तर चोटका कारण अन्तिम समयमा प्रतिद्वन्द्वी परिवर्तन भएपछि फिलिपिन्सका अलिन्टोजोनले प्रतिस्पर्धा गरेका थिए। प्रतिद्वन्द्वी फेरिए पनि रविन्द्रको आत्मविश्वास र आक्रामक खेलमा कुनै असर देखिएन। उनले उत्कृष्ट रणनीति र शक्तिशाली प्रदर्शनमार्फत सेमिफाइनल यात्रा तय गरे।

ब्यान्टमवेट तौल समूहमा प्रतिस्पर्धा गरिरहेका रविन्द्रका लागि अबको लक्ष्य युएफसीको मुख्य स्टेजमा प्रवेश गर्नु हो। यदि उनले यो प्रतियोगिताको उपाधि जिते, नेपाली खेल इतिहासमै पहिलोपटक विश्वकै प्रतिष्ठित एमएमए प्रतियोगिता युएफसीमा नेपालबाट स्थायी प्रतिनिधित्व हुने सम्भावना बलियो बन्नेछ।

पछिल्लो समय नेपाली एमएमए क्षेत्रमा रविन्द्र ढाँट सबैभन्दा चर्चित नामका रूपमा उदाइरहेका छन्। उनले गत वर्ष भारतको ग्रेटर नोइडामा आयोजित ‘मेट्रिक्स फाइट नाइट १७’ मा भारतीय खेलाडी चुङरेन कवरेनलाई नकआउट गर्दै उपाधि जितेका थिए। त्यही प्रदर्शनले उनलाई अन्तर्राष्ट्रिय स्तरमा थप चर्चित बनाएको हो।

रविन्द्रको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, नेपाली खेलकुदका लागि प्रेरणादायी क्षण पनि बनेको छ। क्रिकेट र फुटबलको लोकप्रियताबीच एमएमएमा नेपाली खेलाडीले विश्वस्तरमा आफूलाई स्थापित गर्दै जानु नयाँ पुस्ताका खेलाडीका लागि ठूलो ऊर्जा र सम्भावनाको संकेत बनेको छ।

  • Jigyasanepal

थप