Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

फुटबल महाकुम्भको भव्य सुरुवात : साकिरादेखि नोरा फतेहीसम्मको सांगीतिक उत्सव

  •   २ महिना अघि | २८ जेष्ठ २०८३, बिहिबार

काठमाडौं, जेठ २८ ।विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ मानिने फिफा विश्वकप २०२६ नेपाली समयअनुसार शुक्रबार बिहानबाट सुरु हुँदैछ। इतिहासमै पहिलोपटक अमेरिका, क्यानडा र मेक्सिको गरी तीन राष्ट्रको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ४८ राष्ट्र सहभागी हुँदैछन्। 

करिब एक महिना लामो प्रतियोगिताका लागि ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। युरोपबाट १६, एसियाबाट ९, अफ्रिकाबाट १०, उत्तरी तथा मध्य अमेरिकाबाट ६, दक्षिण अमेरिकाबाट ६ र ओसियानाबाट १ टोलीले विश्वकपको यात्रा तय गरेका छन्। 

विश्वकपको उद्घाटन समारोह यसपटक तीनै आयोजक राष्ट्रमा अलग–अलग ढंगले आयोजना गरिँदैछ। पहिलो उद्घाटन समारोह मेक्सिको सिटीको ऐतिहासिक एज्टेका रंगशालामा हुनेछ, जहाँ उद्घाटन खेलअघि विश्वप्रसिद्ध गायिका Shakira, बर्ना ब्वाय, जे बाल्भिन, बेलिन्डा, टायला, अलेजान्द्रो फर्नान्डेजलगायत कलाकारले प्रस्तुति दिनेछन्। 

क्यानडाको टोरोन्टोमा हुने समारोहमा माइकल बुब्ले, एलेसिया कारा, एलानिस मोरिसेट तथा Nora Fatehi ले दर्शकलाई मनोरञ्जन दिनेछन्। अमेरिकाको लस एन्जलसमा हुने तेस्रो समारोहमा क्याटी पेरी, फ्युचर, अनित्ता, लिसा, रेमा र टाइलाको प्रस्तुति रहनेछ। 

उद्घाटन खेलमा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्। फिफा अध्यक्ष Gianni Infantino ले यस विश्वकपलाई “फुटबल, संगीत र संस्कृतिको विश्वव्यापी उत्सव” का रूपमा वर्णन गरेका छन्। 

१०४ खेल समावेश हुने यो संस्करण विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ। प्रतियोगिताको फाइनल जुलाई १९ मा हुने तालिका छ।

  • Jigyasanepal

थप