Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

मुख्यमन्त्री शाहले सुदूरपश्चिममा पाए दुई तिहाई विश्वासको मत

  •   २ वर्ष अघि | ३० साउन २०८१, बुधबार

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बुधबार प्रदेश सभामा दुई तिहाई विश्वासको मत पाएका छन्। शाहले नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, र नागरिक उन्मुक्ति पार्टीका ७ सांसदको समर्थनसहित ३६ मत प्राप्त गरे। ५३ सदस्यीय प्रदेश सभामा यो संख्या दुई तिहाई बहुमत हो।

मुख्यमन्त्री शाहले दोस्रो पटक दुई तिहाई बराबरको विश्वासको मत प्राप्त गरेका हुन्। केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि शाहले साउन २० गते मुख्यमन्त्री पद सम्हालेका थिए। बुधबार भएको मतदानमा ३६ मत पक्षमा, ८ मत विपक्षमा, र एक मत तटस्थ रहेको थियो।

प्रदेश सभामा कांग्रेस, एमाले, र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री शाहलाई समर्थन गरेका छन्। यसका लागि उनीहरूले आफ्ना सांसदलाई समर्थनमा मतदान गर्न ह्विप जारी गरेका थिए। तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, र राप्रपाले ह्विप जारी गरेका थिएनन्। प्रदेश सभाको अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ।

  • Jigyasa media

थप